मधेसीतर्फको सहमहामन्त्रीमा देउवा समूहका महेन्द्र यादव विजय
शुक्रबार, ०२ पुस २०७८, १७ : ५२
![मधेसीतर्फको सहमहामन्त्रीमा देउवा समूहका महेन्द्र यादव विजय](https://rpcdn.ratopati.com/media/albums/mahendra-yadav_fglrhxYq1R.jpg)
नेपाली काँग्रेसको मधेसीतर्फको सह महामन्त्रीमा सभापति शेरबहादुर देउवा समूहका महेन्द्र यादव विजयी भएका छन् । पार्टी कार्यालय सानेपा गणना भएको मत परिणामअनुसार उनी सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । शेखर कोइराला समूहका रामकृष्ण यादवलाई पराजित गरी महेन्द्र सहमहामन्त्रीमा विजयी भएका हुन् ।
कोइराला समूहबाट सहमहामन्त्रीमा उम्मेदवार बनेका रञ्जित कर्णले रामकृष्णलाई समर्थन गरेको घोषणा गरेका थिए । तर पनि देउवा पक्षका महेन्द्रले बाजी मारे । नेपाल तरूण दलका केन्द्रीय अध्यक्ष भएका यादव गृहमन्त्री बालकृष्ण खाणका विश्वास पात्र हुन् । यसअघि काँग्रेस केन्द्रीय सदस्य समेत रहका उनी पूर्व खानेपानी मन्त्री पनि हुन् । विमलेन्द्र निधिपछि मधेसको राजनीतिमा महेन्द्रको राम्रो पक्कड छ । काँग्रेसमा मधेसबाट सम्भावना बोकेको नेताको रुपमा महेन्द्र यादवलाई लिइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा आँप उत्पादन घट्यो
-
इन्ड्राइभको अल्टरनेटिभा फिल्म प्रोजेक्टको सोसियल इम्प्याक्ट अवार्डस् इन्डोनेसियामा आयोजना हुने
-
सुनको भाउ थप बढ्यो, कतिमा हुँदै छ कारोबार ?
-
उत्पादक र उपभोक्तालाई जोड्दै कृषि ‘एम्बुलेन्स’
-
स्याङ्जाको वालिङमा सिटिजन्स बैंकको १९४औँ शाखा संचालनमा
-
सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको छुट