ad
x

अर्थमन्त्रीको मन्त्रालयहरूलाई निर्देशन : ‘पुस मसान्तभित्र कम्तिमा ३० प्रतिशत बजेट खर्च गरिसक्नुस्’

person explore access_timeपुस २, २०७८ chat_bubble_outline0

अर्थमन्त्री जनार्दन शर्माले पुस मसान्तसम्म कुल बजेको कम्तिमा ३० प्रतिशत बजेट खर्च गरिसक्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पूँजीगत खर्चसम्बन्धी अन्तर मन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । 


समयमा पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेको बताउँदै मन्त्री शर्माले विकास खर्च गर्ने मन्त्रालयहरूलाई चाँडो खर्च गर्न आग्रह गरे ।  ‘बजेटहरूको सम्बन्धमा ढिलासुस्ती अर्थ मन्त्रालयले गर्न मिल्दैन, गर्न पाउँदैन र गर्ने छैन भन्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने, ‘आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत बजेट यो महिनाभित्र खर्च भएको हुनुपर्छ ।’ समयमै खर्च गर्न अर्थ मन्त्रालयले गर्नुपर्ने सम्पूर्ण समन्वय लगायतका कार्यहरू समयमै गर्ने समेत उनले प्रतिबद्धता जाहेर गरे । 





बजेट खर्चको चौमासिक समीक्षा गर्दा खर्च हुन नसकेको अवस्था देखिए त्यसलाई रकमान्तर गरिने समेत मन्त्री शर्माले सचिवहरूलाई चेतावनी दिए ।  ‘बजेट त्यहीँ बसिराख्दैन । यो बजेट अन्तिममा दिन्छु भनेर मानिनेवाला छैन, अन्तिममा निकासा पनि गरिने छैन’, उनले भने, ‘असारमा आएर बजेट निकासा हुँदैन । जे निकासा हुने हो पहिले नै हुन्छ । खर्च हुँदैन भने खर्च हुने ठाउँमा पठाइदिन्छौँ ।’ 



उनले समयमै खर्च नहुने स्थिति देखिए प्रदेश तथा स्थानीय तहलगायत खर्च हुने स्थानमा बजेट स्थानान्तरण गरिने बताए ।  ‘खर्च गर्नुस्, बजेट लिनुस् । खर्च गर्नुहुन्न भने त्यो बजेट समातेर बस्न पाउनुहुन्न’ अर्थमन्त्रीले भने । यसैगरी मन्त्री शर्माले अर्थ मन्त्रालयमा फाइल आएको तीन दिनभित्र त्यसको जवाफ पठाउन पनि निर्देशन दिए ।



कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा, खानेपानी मन्त्री उमाकान्त चौधरी लगायतको सहभागिता रहेको थियो ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।