थप सात बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध
एक विकास बैंक र ६ वित्त कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकबाट सञ्चालित आरटीजीएस प्रणालीमा आबद्ध गरिएको छ । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै ती बैंक तथा वित्तिय संस्थालाई सो प्रणालीमा आबद्ध गरिएको हो ।
नेपाल क्लियरिङ हाउस लिमिटेडले उपलब्ध गराएको कनेक्ट आरटीजीएसको प्रयोग गरी यी संस्थाहरुले अब आरटीजीएस प्रणालीमा कारोबार गर्न सक्नेछन् । सो प्रणालीमा आबद्ध हुने बैंक तथा वित्तिय संस्थाहरुमा सप्तकोशी विकास बैंक, बेस्ट फाइनान्स, गुर्खाज फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स, गुडवील फाइनान्स, प्रोग्रेसिभ फाइनान्स तथा रिलायन्स फाइनान्स रहेका छन् ।
यसअघि २७ वटा वाणिज्य बैंक, ८ विकास बैंक र २ वित्त कम्पनीमा आटीजीएस प्रणाली सञ्चालनमा आइसकेको छ । आरटीजीएस प्रणालीमा रहेका बैंक ÷वित्तिय संस्थामध्ये ४२ वटा संस्था एनसीएचएलद्वारा सञ्चालित कनेक्ट आरटीजीएसमार्फत सो प्रणालीमा जोडिएका हुन् ।
आरटीजीएस प्रणालीमार्फत रु २ लाखभन्दा माथिका र तत्काल गरिने भुक्तानीहरू अब यी विकास बैंक र वित्त कम्पनीहरूका ग्राहकहरुबाटै अन्तर बैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ । ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरी उपलब्ध फारम भरी सो सेवा लिन सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लयमा फर्कियो म्यानचेस्टर युनाइटेड, वर्ल्ड ट्राफोर्डमा जोगियो इज्जत
-
इजरायलले युद्धविराम उल्लंघन गरेर फेरि हवाई आक्रमण गरेको आरोप
-
चेल्सीको अपराजित यात्रा कायमै
-
युरोपा लिगमा एकै दिन १९ खेल, शीर्ष क्लबलाई धक्का
-
युरोपा लिगमा लियोंको शानदार प्रदर्शन
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही