स्कुटर दुर्घटनामा घाइते युवतीको उपचारका क्रममा मृत्यु
स्कुटर दुर्घटनामा घाइते भएकी एक युवतीको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । गत मंसिर २२ गते तनहुँ शुक्लागण्डकी–७ सेराटारमा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते भएकी दुलेगौडा बस्ने २७ वर्षीया निशा थापाको उपचारका क्रममा मृत्यु भएको हो ।
पृथ्वीराजमार्ग अन्तर्गत अकलादेवी मन्दिरबाट खैरेनीटारतर्फ जादैँ गरेको ग १० प ८८५४ नम्वरको स्कुटर दुर्घटनामा घाइते भएकी थापाको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
उपरीक्षक पौडेलकाअनुसार स्कुटर पन्चर भएर अनियन्त्रित भएर दुर्घटना हुँदा स्कुटर पछाडि बसेकी थापा गम्भिर घाइते भएकी थिइन् । त्यसलगत्तै थापालाई थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा स्कुटर चालक पोखरा –२९ आदर्श चोकका ४० वर्षीय रामबहादुर नेपालीको बायाँ हातमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह
-
घनश्यामको प्रस्तावमा माधवको कैँची, कार्यविभाजनले असन्तुष्टि सामसुम !
-
यस्तो छ ‘द्रौपदी’ लुक्स
-
दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैंकलाई सहज
-
मिडल अर्डरमा राम्रो गर्न सकेनौँ : कप्तान आसिफ
-
चियासँग चुरोट पनि पिइरहनु भएको त छैन ?