बुटवलबाट टीभीएसको स्पोर्टी मोटरसाइकल ‘रेडर’ सार्वजनिक
टीभीएस मोटर्सको स्पोर्टी मोटरसाइकल ‘रेडर १२५’ सार्वजनिक भएको छ । टीभीएस मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलस्थित आफ्नो शोरुमबाट शुक्रबार उक्त मोटरसाइकल सार्वजनिक गरेको हो ।
टीभीएस रेडर १२५ सीसी यूवा लक्षित अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल भएको कम्पनीले दाबी गरेको छ । स्पोर्टी रेडरमा एलसीडी डिजिटल स्पिडोमिटरका साथै थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–ईन–क्लास फिचर्सका साथै फस्र्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेज उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
बुटवलमा आयोजित कार्यक्रममा सप्तरंग ३ का चर्चित गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारीले संयुक्त रुपमा मोटरसाइकल सार्वजनिक गरे भने, ‘सोही कार्यक्रममा हास्य कलाकार राजा राजेन्द्र पोखरेल, मिडिया व्यक्तित्व नरेश भट्टराई र निता प्रधानाङ्ग, टिक टक स्टार उषा उप्रेतीको समेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमाञ्चक खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
-
फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन: प्रधानन्यायाधीश श्रेष्ठ
-
सङ्घीयता प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न निर्देशन
-
चीनले अस्ट्रेलियन वाइनमा लगाएको अतिरिक्त शुल्क हटायो
-
तलब खुवाउन विद्यार्थीबाट ११ लाख उठाएर हिनामिना, अख्तियारले चलायो मुद्दा
-
‘निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन्’