बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

३ हजार घुस लिइरहेको अवस्थामा वडा सचिव पक्राउ

शुक्रबार, ०२ पुस २०७८, १६ : ३८
शुक्रबार, ०२ पुस २०७८

रुपन्देहीको भैरहवामा एक वडा सचिव   सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिद्धार्थनगर नगरपालिका–४ का वडा सचिव महोम्मद सिद्दीकीलाई पक्राउ गरेको हो ।

शुक्रबार दिउँसो सेवाग्राहीसँग विवाह दर्ता सहज रुपमा गरिदिने भन्दै ३ हजार घुस लिँदै गर्दा उनलाई कार्यालयबाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका अनुसार उनलाई आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप