बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा एमाले कास्कीको कार्यवाहक अध्यक्षमा गुरुङ

शुक्रबार, ०२ पुस २०७८, १६ : ३५
शुक्रबार, ०२ पुस २०७८

नेकपा एमाले कास्कीको कार्यवाहक अध्यक्षका रुपमा मनबहादुर गुरुङको पदस्थापन गरिएको छ । शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष गुरुङलाई केन्द्रीय सदस्य कृष्ण थापाले पदस्थापन गराएका हुन् ।

कास्कीका निवर्तमान अध्यक्ष कृष्ण थापा नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएपछि एमाले कास्कीको जिल्ला अध्यक्षको पद खाली थियो । थापाले गुरुङलाई कार्यवाहकको जिम्मेवारी सुम्पिँदै खादा लगाएर पदस्थापन गराएका हुन् ।

गुरुङले कुनै गुनासो नआउने गरी पार्टीको काम सम्पादन गर्ने प्रतिवद्धता जनाए । उनले पार्टीलाई थप क्रियाशील बनाउँदै सबैलाई समेटेर अगाडि बढ्ने बताए । कार्यक्रममा केन्द्रीय कमिटीका सदस्य एवं कास्कीका इन्चार्ज भीम कार्की, केन्द्रीय कमिटीका सदस्य एवं सह–इन्चार्ज कृष्ण थापा, केन्द्रीय अनुशासन आयोगका सचिव प्रा.डा भरत पहारी लगायतका नेता कार्यकर्ताको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप