जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साहविरुद्ध वडाध्यक्षहरु आन्दोलित

जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधिहरु नगर प्रमुख लालकिशोर साहविरुद्ध आन्दोलित भएका छन् । नगरको सरसफाईमा नगर प्रमुख साह गम्भीर नभएको भन्दै वडाअध्यक्षहरू आन्दोलित भएका हुन् ।
शुक्रबार आफूहरुलाई नगरको समस्या सम्बन्धमा वार्ता गर्नका लागि नगरप्रमुख लालकिशोर साहले बोलाएको तर आफूहरुमाथि कुटपिट तथा दुर्व्यवहारको प्रयास गरेको भन्दै वडाअध्यक्षहरूले आपत्ति जनाएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष जानकीराम साहले जनकपुरधाम नगरमा थुपारिएको फोहोरले दुर्गन्धित बनाएको अवस्थामा आफूहरुले पटक–पटक मेयरसँग आग्रह गरे पनि कुनै वास्ता नगर्दै उल्टै आफ्नो कार्यकक्षमा बोलाएर गुण्डाशैलीमा आफूहरुमाथि नै जाईलागेको आरोप लगाए ।
वडा नम्बर ३ का वडाध्यक्ष दिपेन्द्र कुमार साहले शुक्रबार बिहान ११ बजे आफूहरु मेयरसँग भेटघाट गर्न गएको बेला बाहिरबाट लठैत बोलाएर मेयरले आक्रमणको प्रयास गरेको आरोप लगाए ।
यसअघि पनि जनकपुरधाम नगरको सरसफाई सम्बन्धी कुरा गर्न उपमहानगरको कार्यालयमा जाँदा वडा नम्बर ४ का वडाअध्यक्ष सुदर्शन सिंह र वडा सदस्य पंकज मण्डललाई सरसफाइका कर्मचारीले दुर्व्यवहार गरेका थिए ।
मेयर साहको कार्यकक्षबाट वडाअध्यक्षहरु बाहिर निस्केपछि केहीबेर नगर प्रहरी र उनीहरुबीच धक्कामुक्की समेत भएको थियो । लामो समयदेखि जनकपुरधामको सरसफाईको विषयलाई लिएर जनप्रतिनिधिहरु आन्दोलित छन् । उनीहरुले गुण्डाशैलीविरुद्ध आफूहरु नझुक्ने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
युरोपा लिग क्वार्टरफाइनल पहिलो लेगका चारै खेल रोचक
-
एउटै जिल्लामा १२ जलविद्युत् आयोजना निर्माणाधीन
-
महालक्ष्मीको बार आज कुन राशिलाई कति लाभ ?
-
कति पुग्यो युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?
-
अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु