भीम रावलले पार्टीलाई सल्लाह र सुझाव दिन सक्नुहुन्छ : महासचिव पोखरेल

नेकपा एमालेको अध्यक्ष पदमा पराजित नेता भीम रावल पार्टीको सल्लाहकार परिषद सदस्यको हैसियतमा रहेको सो पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । शुक्रबार केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नेता रावल केन्द्रीय सदस्य नरहेकाले केन्द्रीय कार्यसमितिको तर्फबाट गरिएको कार्यविभाजनमा सामेल नगरेको बताए ।
‘भीम रावलजी केन्द्रीय कमिटीमा रहनुभएन । त्यसअर्थमा उहाँको कार्यविभाजन केन्द्रीय कमिटीको कार्य विभाजनका रुपमा रहेन’, महासचिव पोखरेलले भने, ‘नीतिगत निर्णयले उहाँलाई सल्लाहकारको जिम्मेवारी प्रदान गर्छ । त्यो भन्दा बाहेकको जिम्मेवारीका सन्र्दभमा पार्टी अध्यक्षसँग परामर्श गर्न सक्नुहुन्छ ।’
उनले अध्यक्षसँग परामर्श गरेर जिम्मेवारी लिन तयार भएमा छलफल गर्न सकिने बताए । ‘परामर्शका क्रममा उहाँले थप जिम्मेवारी बहन गर्न तत्परता देखाउनुभयो भने हामी छलफलका लागि तयार छौ’, पोखरेलले भने,‘अहिले नीतिगत रुपमा उहाँ केन्द्रीय सल्लाहकार परिषदको सदस्य हुनुहुन्छ । केन्द्रीय सल्लाहकारका रुपमा उहाँले पार्टीलाई समय समयमा सल्लाह सुझाव दिन सक्नुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जहाँ रातभर उभिएर बत्ती बालिन्छ, यस्तो छ धार्मिक विश्वास
-
बाटो खन्ने क्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु
-
सुजाता नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डलद्वारा चिनियाँ नेताहरूसँग छलफल
-
एनआरएनए उच्चस्तरीय समितिको बैठक आह्वान
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन