भीम रावलले पार्टीलाई सल्लाह र सुझाव दिन सक्नुहुन्छ : महासचिव पोखरेल
नेकपा एमालेको अध्यक्ष पदमा पराजित नेता भीम रावल पार्टीको सल्लाहकार परिषद सदस्यको हैसियतमा रहेको सो पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । शुक्रबार केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नेता रावल केन्द्रीय सदस्य नरहेकाले केन्द्रीय कार्यसमितिको तर्फबाट गरिएको कार्यविभाजनमा सामेल नगरेको बताए ।
‘भीम रावलजी केन्द्रीय कमिटीमा रहनुभएन । त्यसअर्थमा उहाँको कार्यविभाजन केन्द्रीय कमिटीको कार्य विभाजनका रुपमा रहेन’, महासचिव पोखरेलले भने, ‘नीतिगत निर्णयले उहाँलाई सल्लाहकारको जिम्मेवारी प्रदान गर्छ । त्यो भन्दा बाहेकको जिम्मेवारीका सन्र्दभमा पार्टी अध्यक्षसँग परामर्श गर्न सक्नुहुन्छ ।’
उनले अध्यक्षसँग परामर्श गरेर जिम्मेवारी लिन तयार भएमा छलफल गर्न सकिने बताए । ‘परामर्शका क्रममा उहाँले थप जिम्मेवारी बहन गर्न तत्परता देखाउनुभयो भने हामी छलफलका लागि तयार छौ’, पोखरेलले भने,‘अहिले नीतिगत रुपमा उहाँ केन्द्रीय सल्लाहकार परिषदको सदस्य हुनुहुन्छ । केन्द्रीय सल्लाहकारका रुपमा उहाँले पार्टीलाई समय समयमा सल्लाह सुझाव दिन सक्नुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण