सभामुखलाई एमालेका २ विकल्प : कि सूचना टाँस्नुस् कि राजीनामा दिनुस्
नेकपा एमालेले सभामुख अग्नि सापकोटालाई दुई विकल्प दिएको छ । केन्द्रीय कमिटीको दोस्रो बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले कारवाही गरेका सांसदलाई संसदमा राखेर सदन चल्न नसक्ने बताए ।
‘संसदप्रति नै हाम्रा केही प्रश्नहरु छन् । संसदको गतिरोधसँग जोडिएर हामीले आफ्ना कुराहरु राखिरहेका छौ । विशेषगरी हामीले पार्टीका तर्फबाट कारवाही गरिएका सदस्यहरुलाई सभामुखले सूचनामात्रै प्रकाशित गर्नुपर्ने अधिकार भएकोमा अन्यथा गरेकोप्रति हाम्रो असहमति छ’, एमाले महासचिव पोखरेलले भने, ‘अर्कोतर्फ निर्वाचन आयोगको प्रक्रियाप्रति पनि हाम्रो असहमति छ । असहमति प्रकट गर्दै हामीले त्यस विषयमा मुद्दा दर्ता गरेका छौ । जबसम्म यी विषयहरुको सम्बोधन हुदैन । हामीले कारवाही गरेका सदस्यहरुलाई राखेर संसद चलाउने काम हुन्छ । त्यसमा हाम्रो असहमति रहन्छ, रहदै आएको छ ।’
महासचिव पोखरेलले सभामुख अग्नि सापकोटाले कि गल्ति सच्याउनुपर्ने कि राजीनामा दिनुपर्ने भन्दै त्यो नभएसम्म एमालेले गर्दै आएको संसदको अवरोध नहट्ने बताए । ‘ उहाँले मैले यसो गरिसकेँ अव पछि हट्न सक्दिनँ भन्ने हो भने नैतिक आधारमा राजीनामा दिएर मार्गप्रशस्त गर्ने, संसद चलाउने कर्तव्य उहाँको पनि हो । त्यस अर्थमा उहाँले राजीनामा गरेर मार्ग प्रशस्त गर्ने हो भने नयाँ प्रक्रिया सुरु हुन्छ या उहाँले जे कमजोरी गर्नुभएको छ, त्यो कमजोरी सच्चाउने’, पोखरेलले सभामुखलाई दुई विकल्प दिए ।
‘त्यसो भयो भने संसदको प्रक्रिया अगाडि बढ्छ । अन्यथा संसदको प्रक्रिया अघि बढ्न सक्दैन’, पोखरेलले दोहोर्याए । साथै उनले सभामुखले सुचना पनि नटाँस्ने,राजीनामा पनि नदिने र सर्वोच्चमा परेको मुद्दामा फैसला समेत नभएको अवस्थामा एमाले आफ्नो अडानमा कुनै परिवर्तन नआउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण