शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

जनप्रतिनिधिले नै गरे गाउँपालिका कार्यालयमा तालाबन्दी

शुक्रबार, ०२ पुस २०७८, १४ : ३९
शुक्रबार, ०२ पुस २०७८

जनप्रतिनिधि भएर पनि स्थानीय तहको सूचना नपाएको घटना अनौठो लाग्न सक्छ । तर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादवले आफ्नो पालिकाको कार्यालयले गर्ने गरेका विभिन्न निर्णयसहित विकास निर्माणका बारेमा आफूले सूचना पाउन नसकेको भन्दै तालाबन्दी गरेकी छन् ।

गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादवलगायतले बुधबार प्रशासकीय अधिकृत केशव झाको कार्यक्षमा तालबन्दी गरेका हुन् । तालाबन्दी गरेसँगै उपाध्यक्ष यादवले गाउँपालिकाको कार्यालय परिसरमा धर्ना दिँदै आएकी छिन् ।

आर्थिक वर्ष २०७८÷०८९ को राजश्व परामर्श समितिको बैठकबाट भएको निर्णयको प्रतिलिपी, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको निर्णयको प्रतिलिपी, बजेट तथा कार्यक्रम योजना तर्जुमा समितिको बैठकबाट भएको  निर्णयको प्रतिलिपी, गाउँपालिकाबाट वडाहरुमा पठाएको बजेट सिलिङको पत्र र वडाहरुबाट प्राप्त भएको बजेट सिलिङको प्रतिलिपी, आर्थिक वर्ष २०७८÷०७९ को गाउँसभाको निर्णय सहितको प्रमाणित प्रतिलिपीलगायतका सूचना माग गर्दै प्रशाकीय अधिकृत झालाई उपाध्यक्ष यादवले निवेदन दिएकी थिइन् ।

तर गाउँपलिकाका अध्यक्ष सतिश सिंह र प्रशासकीय अधिकृत झाले समेत आफ्नो लिखित मागलाई बेवास्ता गरेको उनको आरोप छ । सूचना उपलब्ध नगराएपछि बाध्यतावस् गाउँपालिकाको कार्यपालिकाका सदस्यहरुसहितकाले तालाबन्दी गर्नु परेको उपाध्यक्ष यादवको भनाइ छ ।

उनले सूचना उपलब्ध नभएसम्म धर्ना र तालाबन्दी जारी रहने जनाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप