एमालेले संगठन सुदृढीकरण अभियान चलाउने
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेको अवको कार्यभार नेपाली जनताको ‘सम्मृद्ध नेपाल सुखी नेपाली’को आकांक्षा पुरा गर्ने रहेको बताएका छन् । शुक्रबार एमाले केन्द्रीय कमिटीको दोस्रो बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सुखी नेपाली सम्मृद्ध नेपालको सपना पुरा गर्न वामपन्थी आन्दोलनमा रहेको अवसरवादलाई परास्त गर्नुपर्ने आवश्यक्ता रहेको बताए । साथै उनले नेपालमा भएका ठुला राजनीतिक परिवर्तनपछि सामाजिक अराजकताका स्वरुपहरु देखा परेको भन्दै राजनीतिलाई शुद्धीकरण गर्ने पार्टीको कार्यभार रहेको बताए ।
‘नेपालका ठुला राजनीतिक राजनीतिक परिवर्तनपछि सामाजिक अराजकताका स्वरुपहरु देखा परेका छन् ती सामाजिक स्वरुपहरुलाई परास्त गर्दै राजनीतिलाई शुद्धीकरण गर्ने कार्यभार तय गरेका छौ’, महासचिव पोखरेलको भनाइ छ । साथै उनले जनता र राष्ट्रका पक्षमा एमालेले गरेका राम्रा कामका कारण एमालेमाथि प्रहार भएको दावी गरे ।
‘हामीमाथि किन प्रहार भएको छ भने संविधान बनाउन नचाहनेका विरुद्ध विजय हासिल गर्यौ, संविधान कार्यान्वयनमा झमेला खडा गर्नेहरुलाई राजनीतिको मुल धारमा ल्यायौ त्यसले गर्दा पनि हामीमाथि प्रहार भयो’, महासचिव पोखरेलको भनाइ छ । आगामी दिनमा समाजवादको लक्ष्य प्राप्तीका लागि हरेक देशभक्त र विकासप्रेमी शक्तिसँग सहकार्य गर्दै पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिने पनि बताए । उनले दशौ महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशा र कार्यभारका आधारमा पुसको पहिलो साताबाट देशव्यापी संगठन सुदृढीकरण अभियान अघि बढाउने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण