शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

मिया खलिफाले १५ लाखमा गराइन् स्तनको शल्यक्रिया, भिडियोमा गरिन् खुलासा

शुक्रबार, ०२ पुस २०७८, १३ : ०२
शुक्रबार, ०२ पुस २०७८

मिया खलिफा पोर्न उद्योगकी चर्चित नाम हुन् । पोर्न उद्योगबाट उनले आफूलाई अलग्गाएपनि त्यतिबेला आफूलाई उक्त क्षेत्रमा फिट गराउनका लागि उनले आफूमा थुप्रै परिवर्तन गरेकी थिइन् । अब मियाले आफूले आफ्नो स्तनको शल्यक्रिया गराएको खुलासा गरेकी छिन् ।

मिया खलिफा आजकाल टिकटकमा छाएकी छिन् । उनका नयाँ भिडियो आउने बित्तिकै चर्चित हुन थालेको छ । उनको यो भिडियो देखेर कोही हाँसिरहेका छन् भने कोहीले उनको व्यापक आलोचना गरिरहेका छन् । चर्चामा आएको नयाँ भिडियोमा मिया आफ्नो भविष्यमा जन्मिने छोरीलाई मेसेज दिइरहेकी छिन् । उनले भनेकी छिन्, ‘तिमी आफ्नी आमाजस्तै देखिनका लागि धेरै नै पैसाको आवश्यकता पर्नेछ ।’

यो भिडियोमा मियाले आफ्नो स्तन नक्कली भएको खुलासा गरेकी छिन् । भिडियोलाई अहिलेसम्म ७.३ मिलियनभन्दा बढीपटक हेरिसकिएको छ । यो भिडियोसँगै नयाँ विवाद सुरु भएको छ ।

 यो भाइरस भिडियोमा २८ वर्षकी मिया खलिफालाई भविष्यमा जन्मिने छोरीसँग कुरा गरिरहेको देख्न सकिन्छ । उनकी काल्पनिक छोरी भन्छिन्, ‘मम्मी म ठूलो भएर तपाईंजस्तो देखिन आतुर छु ।’ यो कुराको जवाफमा मियाले जे भनिन् त्यसले सबैलाई चकित बनाएको हो ।

मियाले जवाफ दिँदै भन्छिन्, ‘मम्मीले आफ्नो स्तनमा १३ हजार डलर (लगभग १५ लाख रुपैयाँ) र नाकमा १५ हजार डलर (१८ लाख रुपैयाँ बढी) खर्च गरेकी थिएँ । त्यसैले तिमीले अहिलेदेखि नै पैसा बचाउन सुरु गर्नुपर्छ ।’

उनको यो भिडियोमा धेरैले आश्चर्य व्यक्त गरिरहेका छन् । एक प्रयोगकर्ताले कमेन्ट गरे, ‘मलाई सधैं यो सक्कली होला जस्तो लाग्थ्यो । म बडो इज्जतका साथ यसो भनिरहेको छु ।’

अर्का प्रयोगकर्ताले लेखे, ‘यो सक्कली होइन र ?’

अर्का एक प्रयोगकर्ताले लेखे, ‘हुन त यो राम्रो लगानी थियो ।’

मियाले सन् २०१९ मा आफैं भनेकी थिइन् कि उनले पोर्न इन्डष्ट्रिमा काम गर्दा १२ हजार डलर कमाएकी थिइन् । पोर्न इन्डष्ट्रि छोडेपछि उनलाई साधारण जागिर खोज्न पनि समस्या भएको बताएकी थिइन् ।

मिया खलिफाले सन् २०२० मा आफ्नो नाकको शल्यक्रिया गराएकी थिइन् । उनले यसको कारण बताउँदै आफ्नो डाक्टरको तारिफ पनि गरेकी थिइन् । यसबाहेक मिया खलिफाले आफ्नो अन्डरआर्ममा बटक्स पनि गराइसकेकी छिन् । धेरै पसिना आउने समस्याबाट बच्नका लागि उनले यस्तो गरेको बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप