विराटनगरमा आदिवासी चलचित्र महोत्सव हुने
![विराटनगरमा आदिवासी चलचित्र महोत्सव हुने](https://rpcdn.ratopati.com/media/albums/nepali-ethenic_dtgF6GfUvg_GYF6RMXLKU.jpg)
विराटनगरमा मोफसलमै पहिलो पटक आदिवासी चलचित्र महोत्सव २०७८ हुने भएको छ । संघीय राजधानी बाहिर पहिलोपटक विराटनगरमा आगामी पुस ९ र १० गते सो महोत्सव हुन लागेको हो । २ दिनसम्म चल्ने महोत्सव अन्र्तगत प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा आदिवासी समुदायका विभिन्न भाषाभाषीका चलचित्रहरू प्रदर्शन हुने कार्यक्रम छ । आयोजक राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव हुन लागेको हो ।
समितिले नेपाल पत्रकार महासंघ मोरङ शाखामा पत्रकार सम्मेलनको आयोजना गरि सो बिषयमा जानकारी गराएको छ । आदिवासी जनजातिहरूको भाषा, कला, संस्कृति र संस्कारहरुको संरक्षण तथा पर्यटन प्रबर्द्धनको उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष दिप नारायण राजवंशीले बताए ।
महोत्सवमा राजवंशी, थारु, गुरुङ, मगर, माझी, तामाङ, राई, लिम्बु, भुजेल, खवास र शेर्पा भाषाको चलचित्र प्रदर्शन गरिनेछ । प्रदर्शन गरिएका चलचित्रहरू मध्येबाट उत्कृष्ट चलचित्रलाई नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिने जनाइएको छ । त्यसकालागि विभिन्न भाषाभाषीका निर्देशक सम्मिलित एक निर्णायक समिति समेत गठन गरिने आयोजक समितिले जनाएको छ ।
महोत्सव उद्घाटनको दिन बिहान ९ बजे आदिवासी जनजातिको पहिचान झल्किने बिभिन्न समुदाय सम्मिलित झाँकी निकालिने कार्यक्रम छ । सोहि दिन बिहान ११ बजे प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ भने पुस १० गते विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीबाट महोत्सव समापन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त