काँग्रेसमा सभापतिसहित ८ पदाधिकारी निर्वाचित, देउवा पक्षको बहुमत
नेपाली काँग्रेसका १३ जना पदाधिकारी (निर्वाचित) मध्ये ८ जनाको नतिजा सार्वजनिक भएको छ । काँग्रेसको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा र शेखर कोइराला पूर्ण टिमका साथ प्रतिस्पर्धामा उत्रिएका थिए । यस्तै प्रकाशमान सिंह र विमलेन्द्र निधि समूहबाट पनि सभापति, उपसभापति र महामन्त्रीमा उम्मेदवार खडा भएका थिए । सभापतिका प्रत्यासी कल्याण गुरुङ भने एकलै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
शुक्रबार विहानसम्म एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र ३ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भएको छ । जसमा देउवा समूहले सभापति, १ उपसभापति र २ सहमहामन्त्री ४ पदाधिकारी जितेको छ । यस्तै कोइराला समूहले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीसहित ३ जना पदाधिकारी जितेको छ । सभापतिमा पहिलो चरणका प्रत्यासी सिंह प्यानलबाट एक जना महामन्त्री विजयी भएका छन् ।
दोस्रो चरणको मतदानपछि बुधबार विहान सभापतिमा शेरबहादुर देउवा पुन निर्वाचित भएका छन् भने सोही दिन राति उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । खड्का देउवा प्यानल र गुरुङ कोइराला समूहबाट उपसभापतिमा निर्वाचित भएका छन् ।
यस्तै बिहीबार अपरान्ह आएको मत परिणाम अनुसार महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । थापा कोइराला प्यानलबाट र शर्मा प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा निर्वाचित भएका छन् । सभापतिका लागि देउवालाई दोस्रो चरणमा साथ सिंह र शर्मा साथ दिएका थिए । यसअघि शर्मा देउवा नेतृत्वको केन्द्रीय समितिमा प्रवक्ताको भूमिकामा थिए । शर्माको उपसभापति खड्का र शर्माबीच ‘केमिस्ट्री’ मिल्ने भएकाले पनि शर्मा देउवा पक्षमै उभिने अनुमान छ ।
बिहीबार राति सकिएको मतगणनाबाट सहमहामन्त्री महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’, आदिवासी–जनजातितर्फ भिष्मराज आङ्दाम्बे, दलितर्फत जीवन परियार निर्वाचित भएका छन् । उपाध्याय र आङदाम्बे देउवा समूह र परियार कोइराला समूहबाट सहमहामन्त्री निर्वाचित भएका हुन् । अहिले बाँकी पाँच जना सहमहामन्त्रीको मत गणना जारी छ । एक जना कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण