सडक निर्माण नभएपछि चाँगुनारायण नगरपालिकाद्वारा विरोधका कार्यक्रम सार्वजनिक

करिब ८ वर्षदेखि भक्तपुरको कमलबिनायकदेखि नगरकोटसम्म जाने सडक निर्माण कार्य अलपत्र छ । विभिन्न सघ संस्थाहरुले छिटोभन्दा छिटो निर्माण गर्न दबाब दिँदै आएका छन् । सडक निर्माण नभएको भन्दै चाँगुनारायण नगरपालिकाले पुस ७ गतेबाट विरोधको कार्यक्रम सुरु गर्ने भएको छ ।
निर्माण कम्पनी सैलुङ कन्स्ट्रक्सनले समयमा काम गरेर जसरी पनि सडक निर्माण कार्य सम्पन्न गराएरै छोड्ने सार्वजानिक रुपमा प्रतिबद्धता गरेपनि काम नभएपछि आन्दोलन गर्न बाध्य भएको नगरप्रमुख सोमप्रसाद मिश्रको भनाई रहेको छ । ‘काम गर्छु भनेर कम्पनीलाई हामीले दिएको ३० दिनको म्याद सकिएपनि बाटो निर्माण कार्य सम्पन्न हुन्छ कि भन्ने आशमा आजको मितिसम्म थियो तर काम भएन’ नगरपालिकाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्ता छन् पहिलो चरणका दवाब तथा आन्दोलनका कार्यक्रमहरु
–पौष ७ गते सडक निर्माण कार्य अलपत्र पर्नुका कारणका अन्तरक्रिया गर्ने
–पौष ११ गते जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम
–पौष १५ गते सडक सुधार तथा विकास आयोजना कार्यालय घेराउ
–ठेकेदार कम्पनीको कार्यालय तथा निवास घेराउ
–माईतिघर मण्डलामा धना कार्यक्रम
–अरनिको राजमार्ग चक्काजाम कार्यक्रम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी सुशासन खै भन्छौँ, सरकार प्रहरी कुटदैछौँ भन्छ : मनिष झा
-
पब्लिक यूथ क्याम्पसको स्ववियु निर्वाचन
-
कांग्रेस केन्द्रीय कार्यालयमा शिक्षकको धर्ना, तस्बिरहरू
-
कोशी प्रदेश : विपक्षी दलको बैठक सुरु
-
ज्ञानेन्द्रको उक्साहटमा संविधानविपरीत कार्यहरू भए, नियन्त्रण गर्नुपर्छ : महेश बर्तौला
-
हेटौँडा अस्पतालमा मुटु रोगसम्बन्धी उपचार सेवा सुरु