पर्यटनको कन्तबिजोग : बालीमा वर्षभरिमा जम्मा ४५ अन्तर्राष्ट्रिय पर्यटक
कोरोना भाइरसको महामारीबीच विश्वभरीकै पर्यटकीय गन्तव्यमा पर्यटकको संख्यामा गिरावट आएको छ । तर, इन्डोनेसियाको बालीकै जस्तो नियति भने कुनै क्षेत्रले पनि भोग्नु परेको छैन भन्दा अत्युक्ति नहोला । इन्डोनेसियाको बाली विश्वभरीका पर्यटकले खुबै मन पराउँदै आएको अन्तर्राष्ट्रिय पर्यटकको गन्तव्य हो ।
सीमानाकामा भएको कडाइ र विमानस्थल बन्द हुदा लाखौ अन्तर्राष्ट्रिय पर्यटकहरुलाई स्वागत गर्दै आएको यो टापुमा यो वर्ष हालसम्मको अवधिमा केवल ४५ अन्तर्राष्ट्रिय पर्यटकले मात्र भ्रमण गरेका छन् । २०१९ मा ६२ लाखको हाराहारीमा र २०२० मा १० लाख ५ हजार अन्तर्राष्ट्रिय पर्यटकले यो टापुको भ्रमण गरेका थिए ।
‘यो हामीले भित्रएको हालसम्मकै न्यून विदेशी पर्यटकको संख्या हो,’ बाली प्रान्तका लागि पर्यटकीय प्रमुख न्योम्यान गेडे गुनाडिकाले बताएको सीएनएनले जनाएको छ ।
२०२१ को जनावरीदेखि अक्टोबरसम्म पर्यटकको संख्या दाहोरो अंकमानै सीमित भएको बालीको केन्द्रीय तथ्यांक विभागले समेत पुष्टि गरेको छ ।
बालीको अन्तर्राष्ट्रिय विपमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि पुरै वर्षभरीनै बन्द भएसँगै पर्यटकहरु केवल निजी पानी जहाजबाट मात्रै आउने गरेका छन् । अक्टोबर १४ मा अन्तर्राष्ट्रिय उडानहरु खुला गरिए पनि त्याहाँ घरेलु उडान मात्रै हुदै आएका छन् । यो उडान विशेषगरी इन्डोनेसियाको राजधानी सहर जकार्ताबाट मात्रै हुने गरेको छ ।
बालीमा आउने विदेशी पर्यटकहरुले कडा कोभिड सम्बन्धित मापदण्डहरु पुरा गर्नुपर्छ । उनीहरुले ३ सय डलरको बिजनेस भिसा लिनु पर्ने, बहु किसिमको पीसीआर परीक्षण र विशेष किसिमको स्वास्थ्य बिमा खरिद गरेको हुनुपर्नेछ ।
यसका अलावा सीधा उडान नभएकाले हवाई भाडा पनि सामान्य भन्दा बढी छ ।
बेलायतकी एक आशावादी पर्यटक जस्टिना रुचा आफ्नो श्रीमानसँगै भ्रमणको तरखरमा रहेकी छन् । बालीमा उनको यो पहिलो भ्रमण हुनेछ । यो टापु उनका लागि लामो समयदेखि प्रतिक्षा सूचीमा रहेको उनको भनाई छ ।
विदेशीका लागि बालीको कोभिड नीतिहरु केन्द्रीय सरकारले निश्चित गर्दै आएको छ ।
यो टापुमा क्वारेन्टिनको अवधि छोटो भएपनि नयाँ ओमिक्रोन भेरियन्टका कारण लम्ब्याइएको छ । तर, घरेलु पर्यटकको संख्यामा भने कुनै कमी छैन । सप्ताहन्तमा झन्डै १३,००० घरेलु पर्यटकले यो टापुृको भ्रमण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिसमस नजिकिएसँगै सिँगारिए काठमाडौँका सपिङ मलहरू, तस्बिरहरू
-
मादी–मर्स्याङ्दी करिडोर निर्माण कार्य पुनः सुरु
-
जर्मनीको क्रिसमस बजारमा कारको ठक्करबाट दुई जनाको मृत्यु, साउदी नागरिक पक्राउ
-
सिरियाका नयाँ नेताको टाउकोमा राखिएको १ करोड डलर पुरस्कार अमेरिकाले हटायो
-
महोत्तरीमा डाँका समूहबाट पूर्व गाविस सचिवको हत्या
-
उपाधिका लागि भिड्दै परिचित प्रतिद्वन्द्वी सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स