चुनावमा अपवित्र गठजोड भयो, तर हामीले राजनीति जित्यौँ : शेखर कोइराला
नेपाली काँग्रेसको सभापति पदमा पराजित नेता शेखर कोइरालाले १४ औं महाधिवेशनमा पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड भएको बताएका छन् । उनले आफूहरु त्यस्तो गठजोडसँग रहेको बताउँदै चुनावमा पराजित भएपनि राजनीति भने जितेको जिकिर गरेका छन् ।
‘पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नका लागि राजनीतिक सिद्धान्त थियो । हामीसँग उर्जावान युवाहरुको समूह थियो । पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामी विरुद्ध भयो, तर पनि हामी लड्यौँ र राजनीति जित्यौँ’, उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।
आफू पार्टी सभापतिमा पराजित भएपनि लोकतन्त्रवादीहरुको मन जित्न सफल भएको समेत कोइरालाले बताएका छन् । ‘पार्टीभित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि हामीले काँग्रेसप्रति आकर्षण बढाएका छौँ, भरोसा र विश्वासको वृद्धि गराएका छौं’, विज्ञप्तिमा भनिएके छ ।
उनले आफूलाई प्राप्त मतले काँग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी आफ्नो काँधमा आएको उल्लेख गर्दै भनेका छन्, ‘मलाई प्रतिनिधि साथीहरूबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु । प्रतिनिधि साथीहरुले म प्रति देखाएको विश्वास र भरोसा प्रति म अविचलित रहने प्रण गर्दछु ।’
उनले पार्टी भित्र रुपान्तरण र परिवर्तनको सहज नभएको पनि उल्लेख गरेका छन् । ‘वर्तमान सभापति शेरबहादुर देउवासँग मात्र हामी प्रतिस्पर्धा गरिरहेका थिएनौं । पार्टीभित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रवृति, गलत संस्कृति र संस्कारको विरुद्ध हामी लडिरहेका थियौँ । हामी लडिरहेका थियौ पार्टीभित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधान बिपरित हुने निर्णय विरुद्ध’, उनले भनेका छन्, ‘पार्टीको १४ औँ महाधिवेशनको प्रतिस्पर्धा पार्टी भित्र यथास्थितिवादी र परिवर्तनकारी बीच थियो । हामी परिवर्तनकारी शक्ति थियौँ । हामीसँग निष्ठावान कार्यकर्ताहरूको भरोसा र विश्वास थियो ।’
उनले आफूलाई मत दिने सबै प्रतिनिधिलाई धन्यवाद दिँदै सभापतिमा निर्वाचित शेरबहादुर देउवा र अन्य पदाधिकारीलाई बधाई तथा शुभकामना समेत दिएका छन् । उनले अब काँग्रेसलाई एक ढिक्का बनाएर चुनाव जानुपर्नेमा पनि उनले जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण