४० वर्षपछि पहिलो पटक बेलायती सेनाले खसालिदियो शत्रुको ड्रोन
शुक्रबार, ०२ पुस २०७८, ११ : ०९
बेलायतको रोयल एअर फोर्सको टाइफुन जेटले सिरियामा शत्रु पक्षको एउटा ड्रोन खसालिदिएको छ । करिव चार दशकपछि पहिलोपटक बेलायती सेनाले शत्रुको ड्रोनलाई निशाना बनाएको हो । इराक नजिकको सीमा क्षेत्रमा दुईवटा एफजीआर फोर जेटका पाइलटले ड्रोन खसालिदिएका हुन् ।
दक्षिणी सिरियामा इस्लामिक स्टेटविरुद्ध युद्धरत गठबन्धन सेनामा सुरक्षा चुनौती देखिएपछि बेलायती सेनाले सो ड्रोन खसालिदिएको हो । आकाशबाट छोटो दुरीमा प्रहार गर्न सकिने क्षेप्यास्त्रको प्रयोग गरेर ड्रोन खसालिएको थियो । ड्रोन खसाल्न प्रयोग गरिएको क्षेप्यास्त्र ध्वानीभन्दा चाँडो गतिमा उड्न सकिने बताइएको छ ।
रक्षामन्त्री बेन वालेसले हवाई क्षेत्रमा बेलायती सेनाले कुनै पनि बेला शत्रुलाई निशाना बनाउन सामथ्र्य रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या