एमालेको कार्यालय तीन महिनाभित्र च्यासलमा सर्ने
नेकपा एमालेले केन्द्रीय कार्यालय तीन महिनाभित्र थापाथलीबाट च्यासलमा सार्ने भएको छ । बल्खुमा रहेको एमाले कार्यालय भूकम्पबाट ध्वस्त भएपछि अस्थायी रुपमा धुम्बाराही हुँदै थापाथली सारेको थियो । सो पार्टीले हालको कार्यालय अपर्याप्त भएकाले नयाँ भवन निर्माण नभएसम्म अस्थायी नयाँ प्रबन्ध गर्नैपर्ने अवस्था आएको जनाएको छ ।
त्यसका लागि तुल्सीलाल स्मृति भवन च्यासलमा केन्द्रीय कार्यालय सञ्चालन गर्नेगरी ५ वर्षको लागि प्रतिष्ठानसँग सम्झौता भैसकेको एमालेले जारी गरेको अपानीमा उल्लेख छ । यसबारे गत मंसिर २५ र २६ मा सम्पन्न केन्द्रीय समिति बैठकमा छलफल हुनुका साथै पेश भएको भावी योजना कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।
तुलसीलाल स्मृति प्रतिष्ठानको उक्त भवनको मर्मत÷सम्हार तथा पुनःव्यवस्था गरी ३ महिनाभित्र सबै कार्यालय सारिसक्ने एमालेको कार्ययोजनामा छ । साथै केन्द्रीय कमिटीको बैठक सञ्चालन गर्न मिल्ने गरी प्रतिष्ठानको जग्गामा नयाँ हल निर्माण एमालेले लगानी समेत गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उस्ताद भनेर बोलाएको नरुचाउने उस्ताद अर्थात् जाकिर हुसैन
-
जसपा नेपालले तय गर्यो अधिवेशनको कार्यतालिका
-
नेपालबाट चीन मासु निर्यातका लागि सम्झौता
-
नेपालको जलविद्युतमा लगानीका लागि कोरियन लगानीकर्तालाई इप्पानको आग्रह
-
नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध
-
गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको काम तीव्र