एमालेमा रघुवीरको घटुवा, योगेश र गोर्कणको बढुवा
नेकपा एमालेले नेताहरुको वरियताक्रम सच्याएको छ । गत मंसिर २६ गतेको केन्द्रीय समिति बैठकले एमाले पदाधिकारीको कार्यविभाजसहित वरियताक्रम तोकेको थियो । त्यसक्रममा खासगरी सचिवहरुको वरियताक्रमलाई लिएर आलोचना भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुको वरियताक्रम सच्याएर अन्तरपार्टी निर्देशन (अपानी) जारी गरेका छन् ।
अध्यक्ष ओलीले पुस १ गते सच्चाएर जारी गरेको अपानीमा सचिवहरु गोकर्ण विष्ट र योगेश भट्टराई बढुवामा परेका छन् । यसअघि विष्ट र भट्टराईभन्दा अगाडि रघुवीर महासेठ र छविलाल विश्वकर्माको नाम थियो । अघिल्लो कार्यकालमा समेत सचिव भैसकेको र लोकप्रिय मत ल्याएर विजयी भएका विष्ट र भट्टराईलाई भन्दा वरियताक्रम निर्धारण गर्दा महासेठलाई अघि राखेको भन्दै एमालेभित्रै चर्को आलोचना भएको थियो ।
टोपबहादुर रायमाझी र लेखराज भट्ट भने सचिवको पहिलो र दोस्रो बरियतामै रहेका छन् । उनीहरु पुर्व माओवादी हुन् । सच्याएको वरियताक्रममा क्रमश रायमाझी र भट्टपछि तेस्रोमा गोकर्ण विष्ट रहेका छन् भने चौथोमा भट्टराई छन् । त्यसैगरी पाँचौ र छैठौंमा रघुवीर महासेठ र छविलाल विश्वकर्मा तथा सातौं वरियतामा पद्मा अर्याल रहेकी छन् ।
एमाले अन्तर पार्टी निर्देशन : कसलाई के जिम्मेवारी ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण