बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

बेलायतद्वारा ब्रेक्जिटपछि अस्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर

शुक्रबार, ०२ पुस २०७८, १० : ३४
शुक्रबार, ०२ पुस २०७८

बेलायतले अष्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ ।  जसले लन्डन र क्यानबेरा बीचको ब्रेक्सिट पछिको आर्थिक सम्बन्धलाई आकार दिने बेलायतको अन्तर्राष्ट्रिय व्यापार विभागले जनाएको छ। ‘बेलायतले अष्ट्रेलियासँग ऐतिहासिक व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ ।

इयू  छाडेपछिको हाम्रो पहिलो, डिजिटल र सेवाहरुमा नयाँ विश्वव्यापी मापदण्डहरू नयार गर्ने र बेलायत र अस्ट्रेलियाका लागि नयाँ काम र यात्रा अवसरहरू सिर्जना गर्ने यसको उद्देश्य हो’ विभागले विज्ञप्तिमार्फत जनाएको छ । जुन महिनामा दुई देशका प्रधानमन्त्रीबीच सम्झौताका लागि सहमति भएको थियो र दस्तावेजका सबै अध्यायलाई अन्तिम रूप दिइसकेको छ।

‘अन्तर्राष्ट्रिय व्यापार सचिव एनीमारी ट्रेभल्यानले बिहीबार राति भर्चुअल समारोहमा अन्तिम सम्झौतामा हस्ताक्षर गरेर अब संसद्मा प्रस्तुत गरिने विज्ञप्तिमा जनाएका छन् । बेलायतले २०२० मा युरोपेली संघबाट बाहिरिने प्रक्रिया पूरा गरी अब अन्य देशहरूसँगको व्यापारिक सम्बन्धलाई नयाँ आकार दिइरहेको छ।

नयाँ सम्झौताले बेलायत–अष्ट्रेलियाको व्यापारलाई करिब १०.४ बिलियन पाउण्ड ( USD 13.8 बिलियन) ले वृद्धि गर्ने र बेलायतको निर्यातमा लाग्ने शुल्कलाई पूर्ण रूपमा हटाउने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप