बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानी क्षेत्रबाट अफगानिस्तानमा रकेट आक्रमण

शुक्रबार, ०२ पुस २०७८, ०९ : ५१
शुक्रबार, ०२ पुस २०७८

पाकिस्तानी क्षेत्रबाट अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा रकेट प्रहार भएको अफगान तालिवानले स्वीकार गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार कुनार प्रान्तको शालन्तन जिल्लामा एक पाकिस्तानी तालिबान नेतालाई लक्षित गरी ड्रोन हमला गरिएको थियो । तर अफगान तालिबानका उपप्रवक्ता बिलाल करिमीका अनुसार ड्रोन हमला नभएर रकेट आक्रमण भएको हो ।

करिमीले सो हमलाको उद्देश्य के थियो भन्नेबारे खुलाएनन् । कसलाई निशाना बनाएर हमला भएको हो भन्नेबारे उनले केही नबताए पनि पाकिस्तानी क्षेत्रबाट प्रहार गरिएको रकेट पहाडमा ठोक्किएको जानकारी दिएका छन् ।

यसबारेमा पाकिस्तानी सरकार र सेनाका तर्फबाट कुनै प्रकारको टिप्पणी गरिएको छैन ।​ कुनार प्रान्तका अफगान तालिबान अधिकारीहरुले भने ड्रोन हमला नै भएको दाबी गरेका छन् । पाकिस्तानी र अफगानिस्तानी सञ्चारमाध्यमले सो हमलामा पाकिस्तानी तालिबानका मौलवी फकिर मोहम्मदलाई निशाना बनाउने प्रयास भएको दाबी गरेका छन् । तर यो दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन । यद्यपि पूर्वी कुनारमा रकेट आक्रमणको यो पहिलो घटना भने होइन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप