बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

नागरिक लगानी कोष र अन्नपूर्ण न्यूरो अस्पतालबीच सम्झौता

बिहीबार, ०१ पुस २०७८, २२ : ४१
बिहीबार, ०१ पुस २०७८

नागरिक लगानी कोष र अन्नपूर्ण न्यूरोेलोजिकल इन्स्टिच्युट एण्ड एलिड साइन्स बीच बिहीबार कोषका सहभागीहरूलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरदहरी गजुरेलले हस्ताक्षर गरेका हुन् । 

सम्झौता पश्चात कोषका सहभागी र कर्मचारीहरूले न्यूरो अस्पतालबाट उपचार सेवा लिँदा छुट पाउनेछन् । न्यूरो अस्पतालले हेल्थ प्याकेजमा १५, ल्याबमा १०, रेडीयोलोजीमा १०, एम्बुलेन्स सेवामा १०, बेड शुल्कमा १० र सर्जरीमा १० प्रतिशत छुट दिनेछ । 

नशा रोग निदानमा अस्पतालको आफ्नो छुट्टै पहिचान रहेकोले कोषका सहभागी करिब ७ लाख र कोषका कर्मचारीहरू यसबाट लाभान्वित हुने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप