बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले केन्द्रीय कमिटी बैठकका निर्णय पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने

बिहीबार, ०१ पुस २०७८, २२ : १३
बिहीबार, ०१ पुस २०७८

नेकपा एमालेको मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णयहरु पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भएको छ । त्यसका लागि एमालेले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेको छ ।

एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पुस २ गते शुक्रबार दिउँसो १ः३० बजे काठमाडौँको बानेश्वरमा पत्रकार सम्मेलन गरेर दोस्रो केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्न लागेको जानकारी दिए । 

रिजालले शुक्रबार केन्द्रीय कमिटीका निर्णय सार्वजनिकसँगै महासचिव शंकर पोखरेलको पहिलो पत्रकार सम्मेलन समेत भएको बताएका छन् । चितवनमा मंसिर १० देखि १४ मा सम्पन्न दशौं महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो ।

उक्त बैठकले ४४ जना केन्द्रीय सदस्यको मनोनयनदेखि निर्वाचित ३०१ जना नेताहरुको कार्यविभाजन गरेको थियो । तर, मनोनयन तथा कार्यविभाजनमा पार्टीमा लामो योगदान गरेका केही नेताहरुलाई भन्दा नवआगन्तुकहरुलाई प्राथमिकता दिएको भन्दै असन्तुष्टिका स्वरहरु समेत सुनिएका छन् ।

जसलाई अध्यक्ष केपी शर्मा ओली स्वयंले आफ्ना अभिव्यक्तिमार्फत स्वीकार गरिसकेका छन् । यद्यपी ती असन्तुष्टिहरूलाई लोकतान्त्रिक विधि र प्रक्रियाबाटै सम्बोधन गर्ने एमाले उपाध्यक्ष समेत रहेका सुवास नेम्वाङ बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप