नवनिर्वाचित महामन्त्री शर्मा प्रकाशमानको बधाई थाप्न पुगे चाक्सीबारी
बिहीबार, ०१ पुस २०७८, १९ : ५५

नेपाली काँग्रेसका नव निर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा नेता प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन् । महामन्त्रीमा निर्वाचित भएपछि बिहीबार साँझ सिंहको निवास चाक्सीबारी पुगेर शर्माले प्रकाशमानबाट बधाई तथा शुभकामना लिएका थिए । शर्मा १४ औँ महाधिवेशनमा सिंह प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका थिए ।
शेरबहादुर देउवा प्यानलमा महामन्त्रीको उम्मेदवार हुने अवस्था नभएपछि शर्माले सिंहलाई रोजेका थिए । सिंह सभापतिमा पराजित भए पनि शर्माले महामन्त्रीमा बाजी मारेका छन् । देउवा प्यानलका प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीमा पराजित हुँदा सिंह समूहका शर्मा निर्वाचित भएका हुन् । काँग्रेस महामन्त्रीमा शर्मासँग शेखर कोइराला प्यानलका गगन थापा निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
-
प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा
-
‘पाकिस्तानसँग हार्ने डरले शारजहाँबाट खेल छोडेर भागेको बिर्सनुभयो ?’
-
अतिरिक्त भन्सार महसुलको चिन्ताले अमेरिका र एशियामा शेयर बजार चौपट
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?