मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्न सुझाव

बिहीबार, ०१ पुस २०७८, १९ : ५२
बिहीबार, ०१ पुस २०७८

नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन समितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्न सुझाव दिएको छ । बिहीबार महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी संयोजकत्वको समितिको बैठकले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्न सुझाव दिएको हो । बैठकमा समितिका संयोजक कुशकुमार जोशीले उद्योग वाणिज्य महासंघलाई समावेशी तथा निजी क्षेत्रको बलियो धरोहर बनाउनको लागि विधान संशोधन गर्नु पर्ने आवश्यक रहेको बताए । उनले नयाँ विधानको मस्यौदा प्रदेश कमिटीहरू लगायतको सल्लाह सुझाव अनुसार तयार पारेर महासंघलाई बुझाइसकेको बताए । 

उनले भने,‘ महासंघको नेतृत्वको पनि विधान संशोधन गर्नु पर्ने पहिलो प्राथमिकता राखेको थियो । त्यही अनुसार समितिले महासंघलाई बलियो र दरिलो रूपमा अगाडि बढ्नको लागि सहयोग पुग्ने छ । अहिले बनेको विधानले अब प्रत्यक्ष निर्वाचनबाट नै अध्यक्ष छान्ने प्रावधान गरिएको छ । तर, यो विधानले अहिलेका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्षमा निर्वाचित गरेकाले वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई महासंघको स्वतः अध्यक्ष बन्न भने रोक्ने छैन । ढकालपछि महासंघको अध्यक्ष हुने व्यक्ति भने प्रत्यक्ष निर्वाचन लड्नु पर्छ।’

त्यस्तै, समितिका सहसंयोजक पशुपति मुरारकाले नयाँ विधानमा कोषाध्यक्ष पद खारेज गर्न प्रस्ताव गरिएको बताए । उनले कोषाध्यक्ष पद खारेज गरेर एक जना उपाध्यक्षले कोषाध्यक्षको जिम्मेवारी निर्वाह गर्ने गरी नयाँ व्यवस्था गरिएको बताए । मुरारकाले  मस्यौदामा वरिष्ठ उपाध्यक्ष पद र कोषाध्यक्ष पद खारेज गर्न बताए । 

उनले भने, ‘वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालको लागि स्वतः अध्यक्ष हुने व्यवस्था अहिलेको विधानमा छ, हामीले तयार पारेको मस्यौदामा वरिष्ठ उपाध्यक्ष पद नै खारेज गरेर अध्यक्ष पदका लागि निर्वाचन गर्नुपर्ने सुझाव दिएका छौँ। त्यस्तै, महासंघको उपाध्यक्षमा एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।’

सहसंयोजक मुरारकाले कार्यसमिति सदस्यहरूबाट एक जना महिला उपाध्यक्ष चुनिने व्यवस्था विधान मस्यौदामा गरिएको पनि बताए । उनले महासंघका सबै विधाको कार्यसमितिमा महिला सदस्य अनिवार्य गर्नु पर्ने सुझाव समितिको रहेको बताए । मुरारकाले नयाँ विधानमा कार्यसमितिको कार्यकाल छोट्याइएर ३ वर्षबाट अबदेखि २ वर्षको मात्रै हुने र अध्यक्ष पदमा एक पटक मात्रै कायम हुने व्यवस्था गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप