बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

विद्युत् नपाएर उद्योग नै नचल्ने भन्ने शङ्का नगर्नुहाेस् : मन्त्री भुसाल

बिहीबार, ०१ पुस २०७८, १९ : ४३
बिहीबार, ०१ पुस २०७८

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले उद्योगी व्यवसायीहरूलाई उद्योग स्थापना गर्दा विद्युत् नपाएर उद्योग बन्द हुने हो कि भन्ने शङ्कारहित भएर उद्योगमा लगानी गर्न आग्रह गरेकी छन् । बिहीबार ऊर्जा मन्त्रालयमा उद्योगी व्यवसायीसँग विद्युत् आपूर्ति सम्बन्धी छलफल कार्यक्रममा बोल्दै व्यवसायीले उद्योग स्थापना गर्दा विद्युत् नपाएर उद्योग नै नचल्ने हो की भन्ने शङ्का रहित भएर उद्योगमा लगानी गर्न आग्रह गरेकी हुन् । 

उनले विभिन्न उद्योगमा विद्युत् आपूर्तिका समस्याहरू रहेको तर, प्राधिकरणले समस्या समाधानको लागि काम गरिरहेको बताउनु भयो । मन्त्री भुसालले सरकारले तत्काल विद्युत् महसुल सस्तो दिन सक्ने अवस्था नभएको बताइन् । उनले उद्योग सञ्चालनमा विद्युत् गुणस्तर नपुग्ने समस्यालाई प्राधिकरण गुणस्तर क्षमता बढाएर विद्युत् दिने वातावरण बनाउने वाचा गरिन् । 

मन्त्री भुसालले भनिन्,‘सरकारले विद्युत् महसुल कम गर्ने योजना बनाइरहेको छ । उद्योगहरूमा पनि बिस्तारै सस्तो महसुलमा ऊर्जा खपत गर्ने वातावरण बनाउँछौँ । तर, तत्काल व्यवसायीहरूले भने जस्तो तत्काल यति नै सस्तो बनाउँछौँ भन्ने अवस्था छैन। त्यो भन्दा अहिले उद्योगहरूलाई  जरिवाना लगायतका कुरामा छुट दिन सकिन्छ । विद्युत् महसुल उद्योगहरूमा महँगो भएको छ । महँगो नै छ ।किनकि विद्युत् उत्पादन पनि बैङ्कबाट ऋण लिएर महँगो ब्याज तिरेर मात्रै विद्युत्मा लगानी गरी उत्पादन गरेका केही महँगो नै भएको छ । महँगो भए पनि नेपालमा उत्पादन भए विद्युत् नेपालमा नै खपत गर्नु पर्ने अवस्था छ । त्यसैले व्यवसायीहरूले उद्योगमा लगानी गर्दा विद्युत् नपाएर उद्योग बन्द हाला कि भन्ने कुनै शङ्का नगरी उद्योगमा लगानी गर्नु हो । सरकार उद्योगमा विद्युत् दिन तयार रहेको छ । अझ व्यवसायीहरू अन्तर्राष्ट्रिय उद्योगीहरूसँग जोडिएकाले नेपालमा ऊर्जा खपत बढाउने गरी वैदेशिक लगानी ल्याउने पहल गर्नु आवश्यक छ ।’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्राधिकरणको सर्भिस डेलिभरीको विषयमा निजी क्षेत्रले सहयोग गर्नु पर्ने बताए । उनले धेरै उद्योगी व्यवसायीहरूको प्राधिकरणको विद्युत् सर्भिस कमजोर भएको गुनासो आएको बताए । निर्देशक घिसिङले सर्भिस डेलिभरीका विषयमा प्राधिकरणलाई सम्पर्क गर्न आग्रह गरे । उनले प्राधिकरणका कुनै कर्मचारी कुनै उद्योगमा विद्युत् कटौती गर्ने विद्युत् नदिने गतिविधि गरेको खबर पाए तत्काल कारबाही गर्ने बताए । घिसिङले नेपालमा विद्युत् महसुल बिस्तारै सस्तो बन्दै जाने बताए । उनले विद्युत् महसुल सस्तो बनाउने कुरामा विद्युत् उत्पादकबाट महसुल बढाउन दबाब आउने र उद्योगीबाट घटाउने दबाब आउने गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप