शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्युटिफुल उषा

बिहीबार, ०१ पुस २०७८, १७ : ५५
बिहीबार, ०१ पुस २०७८

म्युजिक भिडियो तथा विज्ञापन फिल्ममा बाक्लै देखिने गर्छिन् पूर्व मिस नेपाल उषा खड्गी । म्युजिक भिडियो चर्चाका लागि र विज्ञापन आम्दानीको लागि अभिनय गर्दै आएको उनी बताउँछिन् । उषापछि मिस नेपाल विजेता बनेका थुप्रै ब्यक्ति फिल्म अभिनयमा देखिएका छन् ।

उनले भने अहिलेसम्म एक फिल्म पनि खेलेकी छैनन् । उनलाई फिल्म अभिनय नमिलेको भने होइन । अफरहरु मिल्ने गरेका छन् । फिल्ममा नारीको सशक्त भूमिका नपाएकोले फिल्म अभिनयमा मन मरेको उनले बताइन् ।

‘मिस नेपाल जितेको बेला धेरै र अहिले पनि केही फिल्मको अफर आउने गरेका छन्’ उषाले रातोपाटीसँग भनिन्, ‘मलाई जति पनि फिल्मका अफर आए, ती फिल्मको स्क्रिप्टमा नारीको भूमिका थोरै थियो । त्यसैले पनि फिल्म अभिनयलाई महत्व दिइन ।’

अहिले भने उनले फिल्म अभिनय नगर्ने निर्णय गरेको सुनाइन् । तर फिल्म अभिनयका लागि चित्त बुझ्दो वेब सिरियल पाए आफूले काम गर्ने उनले बताइन् । ‘म्युजिक भिडियो र विज्ञापन चलचित्रमा धेरै काम गरिरहेको छु ।

फिल्म नगरे पनि वेब सिरिज गर्ने भने सोच छ’ उनले थपिन् ।  उषा सन् २००० की मिस नेपाल विजेता हुन् । उनी पछि देशले करिब डेढ दर्जन मिस नेपाल पाइसकेको छ । उनी भने अहिले पनि पहिले झै ब्युटिफुल देखिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप