शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिग : शुक्रबारबाट पाँचौँ चरणका खेल हुने

बिहीबार, ०१ पुस २०७८, १७ : ३४
बिहीबार, ०१ पुस २०७८

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौँ चरणको खेलहरू भोलि (शुक्रबार) बाट सुरु हुँदै छन् । दशरथ रंगशाला र पोखरा रंगशालामा आयोजना हुने सात खेलहरू सोमबारसम्म आयोजना हुनेछ । 

एन्फाले पहिलो पटक लिगलाई मोफसलमा लगेको हो । एक खेल पोखरामा हुँदा बाँकी ६ खेल काठमाडौंमा हुनेछ । शुक्रबार दुई खेल हुनेछन् । सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । दोस्रो खेलमा संकटाले मछिन्द्र क्लबलाई चुनौती दिनेछ । खेल दशरथ रंगशाला र पोखरामा हुनेछ । 

दोस्रो दिन अर्थात ३ गते शनिबार तीन खेल हुनेछ । दशरथ रंगशालामा दुई खेल हुँदा पोखरामा एक खेल हुनेछ । च्यासल युथ क्लब र जावलाखेल युथ १ बजे दशरथ रंगशालामा भिड्दा पोखरामा मनाङ मस्र्याङ्दी क्लबले २ बजे नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ । साँझ पौने ५ बजे हुने खेलमा थ्री स्टारले न्युरोड टिम एनआरटीसँग खेल्नेछ । 

आइतबार हिमालयन शेर्पा क्लबले ब्रिगेड व्बाईज क्लब (बीबीसी) को सामना गर्दा अन्तिम दिन सोमबार फ्रेण्ड्स क्लब र एपीएफ फुटबल क्लब आमनेसामने हुनेछन् । दुबै खेल साँझ पौने ५ बजे सुरु हुनेछ । जारी लिगमा समान १० अंक भए पनि मछिन्द्र फुटबल क्लब मनाङ मस्र्याङ्दी क्लबलाई पछि पार्दै शीर्ष स्थानमा छ । समान आठ अंकको आर्मीले संकटालाई पछि पार्दै तेस्रो स्थान ओगटेको छ । 

सात अंकको सातदोबाटो पाँचौँ स्थानमा छ । समान पाँच अंकका थ्री स्टार, बीबीसी, नेपाल पुलिस, न्युरोड टिम एनआरटी क्रमशः छैटौं, सातौँ, आठौं र नवाँैं स्थानमा छन् । पाँच अंकको च्यासल दशौं स्थानमा रहँदा समान दुई अंकका फ्रेण्ड्स र हिमालयन शेर्पा क्लब क्रमशः ११औं र १२औं स्थानमा छन् । अन्तिम खेलमा एक अंक जोडेको जावलाखेल र एपीएफ क्रमशः १३औं र १४औं स्थानमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप