महामन्त्री पदको मतपरिणाम आएलगत्तै काँग्रेस केन्द्रीय कार्यालय परिसरमा जे देखियो (फोटोफिचर)
बिहीबार, ०१ पुस २०७८, १६ : ३१
![महामन्त्री पदको मतपरिणाम आएलगत्तै काँग्रेस केन्द्रीय कार्यालय परिसरमा जे देखियो (फोटोफिचर)](https://rpcdn.ratopati.com/media/albums/a5_kLHaLlNX6B.jpg)
नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा यसबेला निकै भीड छ । १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदका उम्मेदवारहरूको मतपरिणाम सार्वजनिक भएसँगै केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताहरूको भीड लागेको हो । काँग्रेस महामन्त्रीमा युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।
नेताद्वय थापा र शर्मालाई शुभकामना दिन नेता कार्यकर्ताहरु कार्यालयभित्र र बाहिर भीड लागेका हुन् । विजयी नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा पनि केन्द्रीय कार्यालय पुगेका छन् । उता, महामन्त्रीमा पराजित प्रदीप पौडेल लगायतका नेता कार्यकर्ताहरु पनि थापा र शर्मालाई बधाई दिन सानेपा पुगेका छन् ।
नेताद्वय थापा र शर्माले कार्यालय परिसरमा उपस्थित कार्यकर्ताहरूलाई सम्बोधन समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भानुआटुमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, २ सय जना घाइते
-
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
-
सुक्खाबन्दरगाह भन्सार : राजस्व सङ्कलनमा कमी
-
चितवनले जित्यो टस, पहिले फिल्डिङ गर्ने
-
स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणाली मार्फत् उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
-
१३२ केभीए प्रसारण लाइन : ३ वटा टावर निर्माणको विवाद अझै सुल्झिएन