आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बजाजको नयाँ शोरुम अब गुलरियामा

बिहीबार, ०१ पुस २०७८, १६ : ३०
बिहीबार, ०१ पुस २०७८

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले गुलरिया, बर्दियामा नयाँ शोरुम खोलेको छ । सुविधासम्पन्न नयाँ शोरुम ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेड उद्घाटन गरिएको कम्पनीले जानकारी दिएको छ ।
नेपालमा सबभैन्दा अधिक मोटरसाइकल बिक्री गर्ने अटोमोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधासम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुलरियामा पनि शोरुम संचालनमा ल्याएको जनाएको छ । कम्पनीले गुलरियामा ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेडका प्रोपराइटर चन्द्रदीप जोशीलाई डिलरसीप प्रदान गरेको हो ।
नयाँ शोरुमले ग्राहकहरूलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने बजाजको दाबी छ । नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा गु्रपका निर्देशक अभिमन्यु गोल्छाले गुलरियामा यो नयाँ शोरुम विस्तारसँगै ग्राहकहरूको जीवन सहज बनाउन र बजाज मोटरसाइकलको नयाँ अनुभव लिने अवसर प्राप्त गर्न मद्दत पुग्ने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप