शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको नयाँ नेतृत्व

बिहीबार, ०१ पुस २०७८, १६ : २५
बिहीबार, ०१ पुस २०७८

 नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा भैरवबहादुर रावल निर्वाचित भएका छन् । बाँकेको नेपालगञ्जमा भएको संघको  तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले संघको प्रदेश अध्यक्षमा दाङका रावललाई चयन गरेको हो ।

अधिवेशनले २२ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षद्वयमा विश्वराज खनाल रुपन्देही, सालिक सुवेदी बाँके, सचिवमा केशव श्रीस रुपन्देही  निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा रामबहादुर अधिकारी रुपन्देही, कोषाध्यक्षमा रामबहादुर अधिकारी रुपन्देही, सहसचिवमा घनश्याम बराल दाङ छन् । यस्तै सदस्यमा ज्ञानेन्द्र श्रेष्ठ बाँके, रिता पुलामी दाङ, रतिष निरौला बाँके, टीकाराम पौडेल कपिलबस्तु, शिव बहादुर कुँवर अर्घाखाँची, गजेन्द्रबहादुर हमाल बर्दिया, मुक्तिप्रसाद पन्थी प्यूठान, नयन बहादुर खत्री बर्दिया, सुर्वणलाल कक्षपति गुल्मी, नारायण बहादुर पौडेल रुपन्देही र खिमकान्त भट्टराई नवलपरासी निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप