माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल
दाङको भालुवाङमा मंसिर २५ र २६ मा सम्पन्न नेकपा माओवादीको पहिलो प्रदेश अधिवेशनले २१७ सदस्यीय कमिटी चयन गरेको हप्तापछि बिहीबार लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराललाई चयन गरेको छ । बराललाई अध्यक्षमा सर्वसम्मत चुनिए पनि अन्य पदाधिकारीमा आकांक्षी धेरै भएपछि टुङ्ग्याउन नेतृत्वलाई हम्मेहम्मे परेको छ । आकांक्षी बढ्दै गएको र नेताले आफ्ना पक्षमा तीव्र लबिङ गरेपछि पदाधिकारी चयनमा ढिलाई भएको माओवादी केन्द्रका एक प्रदेशस्तरीय नेताले रातोपाटीलाई बताए ।
अन्य पदाधिकारीको टुंगो नलागेकाले अध्यक्षमा प्रदेश समिति र केन्द्रीय नेतृत्वबीच बरालको नाममा सहमति भए पनि लिखित निर्णय अझै गर्न बाँकी रहेको जनाइएको छ । बरालले सबै पदाधिकारी छिटै टुङ्ग्याएर सबैको नाम सार्वजनिक गर्ने रातोपाटीलाई बताए । गुल्मी क्षेत्र नम्बर २ (क) बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्यमा निर्वाचित बराल यस अघिको सरकारमा सामाजिक विकास मन्त्रीसमेत थिए ।
प्रदेश अध्यक्षमा रोल्पाका दिपेन्द्र पुन र दाङका होमराज शर्माले पनि दाबी गर्दै आएका थिए । पछि उनीहरुले दाबी छाडेपछि बराल अध्यक्ष बनेका हुन् । माओवादी केन्द्रको प्रदेश समितिमा तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष रहने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक
-
काठमाडौँ–तराई–मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु
-
कर्णालीमा सर्वदलीय बैठक : यस्ता छन् सात निर्णय
-
उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा
-
गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि
-
प्रधानमन्त्री प्रचण्डलाई एकीकृत समाजवादीले विश्वासको मत देला ?