सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

महामन्त्रीमा पराजित मन्त्री मीनेन्द्र रिजालले बुझाए देउवालाई राजीनामा

बिहीबार, ०१ पुस २०७८, १५ : ५५
बिहीबार, ०१ पुस २०७८

काँग्रेस महामन्त्री पदमा पराजित भएका डा.मीनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाएका हुन् । 
उनले काँग्रेसको महाधिवेशनमा आफूले प्रतिस्पर्धा गरेको महामन्त्री पदको मत परिणामलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको बताएका छन् । 

शेखर कोइराला पक्षबाट महामन्त्रीको उम्मेदवार रहेका उनले ८०९ मत प्राप्त गर्दै पराजय भोगेका थिए । सबैबीच रिजालले महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामना दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप