शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेप्से परिसूचक ३७ अंकले घट्यो, कारोबार झनै खुम्चियो

बिहीबार, ०१ पुस २०७८, १५ : ४१
बिहीबार, ०१ पुस २०७८

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३७.८७ अंकले घटेको छ । आज साताको अन्तिम कारोबार दिन बजार घटेरै बन्द भएको हो । परिसूचक घटेको दिन कारोबार रकम पनि खुम्चिएको छ । यसअघि, मंगलबार सेयर बजारमा ६ प्रतिशतको वृद्धि आएको थियो । त्यसबाहेक, यो साताभरी नै सेयर बजार परिसूचक ओरालो लागेको छ । यसक्रममा आइतबार ८८ अंक, सोमबार ७९ अंक र बुधबार ४ अंकले घटेको थियो । यसबाहेक, मंगलबार नेप्सेमा १३७ अंकको सुधार आएको थियो ।

यसक्रममा आज दुई अर्ब ३० करोड रुपैयाँ बराबरको ५३ लाख रुपैयाँको कारोबार भएको छ । यो हिजो बुधबारको भन्दा करिब २ अर्बले कारोबार रकम कम हो । हिजो नेप्सेमा चार अर्ब ५८ करोड रुपैयाँको कारोबार भएको थियो । आज सेयर किन्न चाहने र बेच्न चाहने लगानीकर्ताको संख्या न्यून देखिएको थियो ।

बजार घटेपनि आज म्यूचुअल फण्ड समूहमा ०.०८ अंकको सुधार आएको छ । यो बाहेक अन्य कुनै पनि समूहमा सुधार आएको छैन । जीवन बीमा समूहमा २६३ अंक र निर्जीवन बीमा समूहमा २६४ अंकको गिरावट आएको छ । बजार घटेपनि आज नेपाल बंगलादेश बैंकको सेयर मूल्य प्रतिकित्ता ९.९९ प्रतिशतले बढेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप