काँग्रेस महामन्त्री पदको मतगणना : ४३९० मतपत्र गन्दा गगन थापाले पाए २८२३, विश्वप्रकाशको १८२४
बिहीबार, ०१ पुस २०७८, १५ : २१

नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार ४३९० मतपत्र गन्दा गगन थापाले सर्वाधिक २८२३ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले १८२४ मत ल्याएका छन् भने प्रदिप पौडेलले १३०३ मत प्राप्त गरेका छन् । मतगणनामा गगन–विश्वप्रकाशले अग्रता बढाउँदै लगेका छन् ।
यस्तै प्रकाशशरण महतले १४५५ र मीनेन्द्र रिजालले ७५३ मत पाएका छन् । यस्तै राजाराम कार्कीले १०० मत ल्याएका छन् । काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदा एक मतदाताले २ जनालाई भोट हाल्न पाउँछन् । अर्थात एक मतपत्रमा दुई जनालाई भोट हाल्न पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण
-
सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप
-
प्रेस सेन्टर नेपालले तीन वटै तहका सरकारलाई एकसाथ बुझायो ज्ञापनपत्र
-
साढे ३ वर्षपछि पहिलो पटक राप्रपा कार्यालय पुगे कमल थापा
-
राजावादीको बैठकमा दुर्गा प्रसाईं समूहलाई बेवास्ता ?
-
‘हनीट्रयाप’ मा पारेर काठमाडौँमा ३ लाख ६३ हजार लुटपाट, ८ जना पक्राउ