आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

महामन्त्रीको नतिजा नआउँदै अविर दलिएको अवस्थामा सानेपा पुगे विश्वप्रकाश

बिहीबार, ०१ पुस २०७८, १५ : ०४
बिहीबार, ०१ पुस २०७८

काँग्रेस महामन्त्रीको जारी मतगणनामा जित नजिक पुगेसँगै विश्वप्रकाश शर्मा सानेपा पुगेका छन् । काँग्रेस प्रवक्ता समेत रहेका उनी प्रकाशमान सिंहको प्यानलबाट चुनाव लडेका थिए । उनी चुनावको अन्तिम नतिजा नआउँदै अविर दलिएको अवस्थामा विजय मुद्रामा सानेपामा पुगेका हुन् । 

सानेपा परिसरमा सञ्चारकर्मीलाई छोटो कुराकानी गर्दै उनले आफूले सबै कुरा सुन्दरीजलमा गएर राख्ने बताए । ‘अब सबैको काँग्रेस सबैलाई जोड्ने काँग्रेस बनाउँछु । आगामी यात्राबारे सन्दरीजलको माटो ढोकेर नै सबैकुरा बताउँछु’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप