जित नजिक पुगेसँगै विश्वप्रकाश सानेपामा
बिहीबार, ०१ पुस २०७८, १४ : ५८
काँग्रेस महामन्त्रीको जारी मतगणनामा जित नजिक पुगेसँगै विश्वप्रकाश शर्मा सानेपा पुगेका छन् । काँग्रेस प्रवक्ता समेत रहेका उनी प्रकाशमान सिंहको प्यानलबाट चुनाव लडेका थिए ।
सानेपा परिसरमा सञ्चारकर्मीलाई छोटो कुराकानी गर्दै उनले आफूले सबै कुरा सुन्दरीजलमा गएर राख्ने बताए । ‘अब सबैको काँग्रेस सबैलाई जोड्ने काँग्रेस बनाउँछु । आगामी यात्राबारे सुन्दरीजलको माटो ढोकेर नै सबैकुरा बताउँछु’, उनले भने ।
काँग्रेसको मतगणना अन्तिम चरणमा पुग्दा सानेपा पुगेका विश्वप्रकाश अविर दलिएको अवस्थामा विजय भावमा थिए ।