मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महामन्त्रीमा गगन थापा विजयी

बिहीबार, ०१ पुस २०७८, १४ : ५६
बिहीबार, ०१ पुस २०७८

नेपाली काँग्रेसको महामन्त्री पदमा गगन थापा विजयी भएका छन् । गत आइतबार सम्पन्न काँग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको बिहीबार भएको मतगणनामा थापा विजयी भएका हुन् । मतगणना जारी रहँदा ३८६७ मतपत्र गन्दा नै उनको विजय निश्चित भएको हो । 

थापाले २५१८ मत पाइसकेका छन् भने विश्वप्रकाश शर्माले १५९० मत पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेका  डा प्रकाशशरण महतले १२९६ मात्रै मत ल्याएकाले गगनको जीत निश्चित भएको हो । काँग्रेसको निर्वाचनमा ४६७९ मत खसेकाले अब सबै मत विपक्षमा परेपछि गगनलाई जितबाट कसैले रोक्न सक्दैन  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप