सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

पोखरा महानगरका १० वडामा ‘नगर युवा परिषद्’ गठन

बिहीबार, ०१ पुस २०७८, १४ : १५
बिहीबार, ०१ पुस २०७८

पोखरामा ‘नगर युवा परिषद्’ गठन गरिएको छ । पोखरा महानगरपालिकाका १० वटा वडामा युवाहरुको क्षमता अभिवृद्धि र सीपमूलक कार्यक्रममा जोड्ने उद्देश्यले नगर युवा परिषद् वडा समिति गठन गरिएको हो । 

पोखरा महानगरले गत वैशाखमा युवा परिषद् गठन गरेपछि वडास्तरीय समिति गठन कार्य अगाडि बढाइएको हो । महानगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष हरिबोल गौतमले अबको एक महिनाभित्र सबै वडामा युवा नगर परिषद् गठन गरिने बताए । 

गौतमका अनुसार हाल वडा नम्बर ८ मा सञ्जीव बराल, १० मा विजय घिमिरे, १९ मा अशोक अधिकारी, २१ मा रोशन भट्टराई, २३ राजु घले, २८ मा विष्णु भण्डारी सुवेदी, ३० मा सुमित जिसी, ३१ मा विनोदबाबु लामिछाने, ३३ महेश्वर अर्याल अध्यक्ष रहेको वडा नगर युवा परिषद् गठन गरिएको हो ।

निकट भविष्यमा महानगरबाट युवालाई लक्षित गरी युवा उद्यम तथा स्वरोजगार सम्बन्धी तालिम आयोजना गरिने गौतमले जानकारी दिए । राज्यको नीति निर्माणबारे जानकारी दिन युवासँग सांसद कार्यक्रम पनि सञ्चालन गरिने गौतमको भनाइ छ । 

महानगर पालिकाका युवाहरुलाई उत्पादनमा जोड्दै राज्यको नीति निर्माणमा सहभागी गराउने लक्ष्य महानगर युवा परिषद्ले लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप