आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री राई र स्वीस राजदूतबीच भेटवार्ता

बिहीबार, ०१ पुस २०७८, १४ : १२
बिहीबार, ०१ पुस २०७८

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसँग बिहीबार नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजावेथ भोन क्याप्लरले द्विपक्षीय हितका बारे भेटवार्ता गरेका छन् । मुख्यमन्त्री कार्यकक्षमा भएको भेटघाटमा मुख्यमन्त्री राईले प्रदेश नम्बर १ लाई प्राथमिकतामा राखेर स्वीस सरकारले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले स्वीस सहायतामा सञ्चालन भएका परियोजना सम्पन्न गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहको बताए ।


उक्त अवसरमा स्वीस राजदूत क्याप्लरले नवनियुक्त मुख्यमन्त्री राईसँग आफ्नो पहिलो शिष्टाचार भेटघाट भएको बताए । उनले विगतका सरकारमार्फत गरिएका राम्रा लागेका कामलाई निरन्तरता दिने मुख्यमन्त्रीको वचनवद्धताप्रति आभार पनि प्रकट पारे ।

राजदूत क्याप्लरले मुख्यमन्त्री भएपछि प्राथमिकताका क्षेत्र बारे राखेको जिज्ञासाका सन्दर्भमा मुख्यमन्त्री राईले प्रदेशको नाम चाँडै टुंगाउने अबको प्राथमिकता भएको स्पष्ट पारे । 

उनले पूर्ववर्ती सरकारले थालेका तर पूरा नभएको कामका कारणले वर्तमान सरकारको केही दायित्व बढी भएको उल्लेख गरे ।  बजेट कम भएको अवस्थाले थप चुनौती सिर्जना गरेको पनि उनले उल्लेख गरे । 

सो अवसरमा नेपालका लागि स्वीजरल्याण्डका राजदुत एलिजावेथ भोन क्याप्लर नेपालको संविधान कार्यान्वयन र संघीयतालाई बलियो बनाउन प्रदेश सरकारसँग हातेमालो गर्न आफूहरू सधैँ तत्पर रहेको बताएका थिए । संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार शक्तिशाली निकाय भएको पनि उनले स्मरण गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप