काँग्रेस महामन्त्रीमा गगन थापाको जित पक्का, ३१२० मध्ये कति पाए मत ?
बिहीबार, ०१ पुस २०७८, १४ : ०३

नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार ३१२० मतपत्र गन्दा गगन थापाले सर्वाधिक २०३७ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले १२५५ मत ल्याएका छन् भने प्रदिप पौडेलले ९३५ मत प्राप्त गरेका छन् । मतगणनामा गगन–विश्वप्रकाशले अग्रता बढाउँदै लगेका छन् ।
यस्तै प्रकाशशरण महतले १०२४ र मीनेन्द्र रिजालले ५४६ मत पाएका छन् । यस्तै राजाराम कार्कीले ७५ मत ल्याएका छन् । काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदा एक मतदाताले २ जनालाई भोट हाल्न पाउँछन् । अर्थात एक मतपत्रमा दुई जनालाई भोट हाल्न पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाप्चे तामाकोशी जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ५ अर्ब २५ करोड लगानी
-
एक वर्ष अघि नै एमाले सांसद्विरूद्ध पक्राउ पुर्जी जारी, पत्र घुमाएर आलटाल गर्दै प्रहरी
-
गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा
-
ज्ञानेन्द्रलाई निर्मल निवासमा नजरबन्द गरिएको हल्ला फैलिएपछि...
-
महोत्तरीमा सम्पन्न राहत शिक्षकहरूको भेलाले के-के गर्यो निर्णय ?
-
नबिल बैङ्कको बौद्ध शाखामा पाँचौँ प्रायोरिटी बैङ्किङ लाउञ्ज सुरू