शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२५२० मतगणना हुँदा गगनले पाए १६४८ मत, विश्वप्रकाशले प्राप्त गरे १०१९

बिहीबार, ०१ पुस २०७८, १३ : ३४
बिहीबार, ०१ पुस २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार २५२० मतपत्र गन्दा गगन थापाले सर्वाधिक १६४८ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले १०१९ मत ल्याएका छन् भने प्रदिप पौडेलले ७४६ मत प्राप्त गरेका छन् । मतगणनामा गगन–विश्वप्रकाशले अग्रता बढाउँदै लगेका छन् । 

यस्तै प्रकाशशरण महतले ८२७ र मीनेन्द्र रिजालले ४३६ मत पाएका छन् ।  यस्तै राजाराम कार्कीले ६४ मत ल्याएका छन् । काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदा एक मतदाताले २ जनालाई भोट हाल्न पाउँछन् । अर्थात एक मतपत्रमा दुई जनालाई भोट हाल्न पाइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप