२१२० मतगणना हुँदा गगनले पाए १३८५ मत, विश्वप्रकाशले प्राप्त गरे ८५१
बिहीबार, ०१ पुस २०७८, १३ : १४

नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार २१२० मतपत्र गन्दा गगन थापाले सर्वाधिक १३८५ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले ८५१ मत ल्याएका छन् भने प्रदिप पौडेलले ६२१ मत प्राप्त गरेका छन् । मतगणनामा गगन–विश्वप्रकाशले अग्रता बढाउँदै लगेका छन् ।
यस्तै प्रकाशशरण महतले ६९८ र मीनेन्द्र रिजालले ३६५ मत पाएका छन् । यस्तै राजाराम कार्कीले ५९ मत ल्याएका छन् । काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदा एक मतदाताले २ जनालाई भोट हाल्न पाउँछन् । अर्थात एक मतपत्रमा दुई जनालाई भोट हाल्न पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हनिट्रयाप’ मा पारेर काठमाडौँमा ३ लाख ६३ हजार लुटपाट, ८ जना पक्राउ
-
माउन्टेन डिउको नयाँ अभियानमार्फत नेपाली पर्वतारोहीको कथा उजागर
-
तीनकुने घटनामा अनिल बस्नेत पक्राउ : २ दिन म्याद थप
-
भुसमुनि भेटियो ७२ लाखको सामान
-
लाप्चे तामाकोशी जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ५ अर्ब २५ करोड लगानी
-
एक वर्ष अघि नै एमाले सांसद्विरूद्ध पक्राउ पुर्जी जारी, पत्र घुमाएर आलटाल गर्दै प्रहरी