धनगढी उपमहानगरले कोभिडका कारण आमाबाबु गुमाएका विद्यार्थीलाई सन्ततिवृत्ति उपलब्ध गराउने

धनगढी उपमहानगरपालिकाले कोभिडका कारण आमाबाबु गुमाएका विद्यार्थीलाई सन्ततिवृत्ति बापत रकम दिने भएको छ । यसका लागि ५ लाख रुपैयाँ बजेट निकासा भएको जनाइएको छ । यस सम्बन्धमा सूचना जारी गर्ने तयारी भइरहेको उपमहानगरका शिक्षा, युवा तथा खेलकुद महाशाखा उपसचिव नरेन्द्रबहादुर खातीले रातोपाटीलाई जानकारी दिए । उनले रकम वितरण गर्दा निश्चित मापदण्ड बनाइने पनि बताए ।
आमाबाबु वा संरक्षक व्यक्तिको कोभिडका कारण मृत्यु भएको छ भने त्यस्तो विद्यार्थीलाई उपमहानगरपालिकाले सन्नतिवृत्तिबापत रकम दिने भएको हो । त्यस्तै, धनगढी उपमहानगरपालिकास्थित दक्षिणकाली बहिरा आवासीय विद्यालयका विद्यार्थीलाई वार्षिक प्रतिव्यक्ति ४० हजारका दरले छात्रवृत्ति दिने गरेको उनले बताए ।
उपमहानगरपालिकाले मुक्त कम्लरीका सन्तानका रुपमा रहेका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । १ देखि ८ कक्षासम्म अध्ययनरत त्यस्ता विद्यार्थीलाई १५ सय, ९ देखि १० कक्षा सम्मकालाई १८००, उच्च मावि तहकालाई ५ हजार र क्याम्पस तह अध्ययनरत मुक्तकम्लरीका विद्यार्थीलाई १० हजारका दरले छात्रवृत्ति दिने खातीले जनाए ।
धनगढी उपमहानगरपालिकाका अनुसार अपाङ्गता गैरआवासीय छात्रवृत्ति पनि उपलब्ध गराइने छ । अरुका सहायताले आउने विद्यार्थीका लागि वार्षिक ५ हजारका दरले, अपाङ्गता भए पनि यातायातको साधनमा आउनेलाई वार्षिक ३ हजार र कान नसुन्ने विद्यार्थीका लागि वार्षिक १ हजारका दरले छात्रवृत्ति वितरण गरिने उपसचिव खातीले बताए ।
गत वर्ष पालिकाले १ देखि १० कक्षासम्मका विद्यार्थीलाई निःशुल्क पाठ्यक्रम वितरण गरेको थियो भने यो वर्ष १ देखि १२ कक्षासम्मका विद्यार्थीलाई निःशुल्क पाठ्यक्रम वितरण गरिने जनाइएको छ । धनगढी उपमहानगरपालिकामा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या २५ हजार २२ छ भने संस्थागत विद्यालयमा ४५ हजार ७९४ रहेको अनुमान गरिएको खातीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राउटे मुखिया शाहीको मृत्यु
-
एनआरएनए विवादसम्बन्धी तीन वटा रिट र निवेदन हेर्न नमिल्ने
-
काठमाडौं भ्यूटावर भत्काउनुपर्ने पक्षमा उपमेयर सुनिता डंगोल
-
आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान
-
दिगो विकास लक्ष्य कार्यान्वयनका लागि असल अभ्याससँगै सुशासनमा ध्यान दिनुपर्नेमा जोड
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा : अर्थ मन्त्रालय र कर्मचारीबाट सहयोग भएन