शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मनकामना केबलकार चार दिन बन्द हुने, मर्मत गर्न अष्ट्रियाबाट प्राविधिक आउँदै

बिहीबार, ०१ पुस २०७८, १३ : ०१
बिहीबार, ०१ पुस २०७८

मनकामना केबलकार मर्मत/सम्भार गर्न लागि चार दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले आइतबारदेखि चार दिनलाई केबलकार सेवा बन्द गर्न लागेको हो । यो अवधिमा रेष्टुरेन्ट र बटम स्टेसनको सेवा भने जारी रहनेछ ।

कम्पनीका प्रबन्ध निर्देशक राजुबाबु श्रेष्ठले लागि आइतबारदेखि बुधबारसम्म सेवा बन्द रहने बताए । उनले बिहीबारदेखि पुनः सेवा सूचारु हुने रातोपाटीलाई जानकारी दिए । भने, ‘अष्ट्रियाबाट मर्मत/सम्भारका लागि लागि प्राविधिक आउँदैछन् । उनीहरु आएपछि मेन्टेनेन्स सुरु हुन्छ ।’

उनले केबलकार मर्मत गर्ने समय दुई दिन भएपनि मर्मतपछि परिक्षण गर्न थप दुई दिन केबलकार सेवा बन्द रहने बताए । मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप