शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लेबनान मिशनका सैनिकको अदलीबदली

बिहीबार, ०१ पुस २०७८, १२ : ३०
बिहीबार, ०१ पुस २०७८

युनिफिल मिशन लेबनानमा शान्ति सैनिकको जिम्मेवारी बहन गरिरहेका नेपाली सेनाको अदलीबदली शुरु गरिएको छ । लेबनानमा कार्यरत बर्दबहादुर गणको ६२ औं डफ्फालाई गोरख बक्स गणको ६३ औं डफ्फाले बदली गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बर्दबहादुर गणलाई बदली गर्नको लागि प्रमुख सेनानी विकास केसीको नेतृत्वमा २१५ जना सैनिक इथिओपियन एअरलायन्सको चार्टर्ड विमानमार्फत मंसिर २९ मा मिशन इलाकामा प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागी नेपाली सेनाले विभिन्न युएन मिशनहरुमा सहभागी भएर द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापनामा महत्वपुर्ण योगदान गर्दै आएको छ । सैनिक अदली बदली गर्दा कोभिड–१९ बिरुद्ध सुरक्षा सतर्कता अपनाइएको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप