६०० मतपत्र गन्दा गगन–विश्वप्रकाशको अग्रता
बिहीबार, ०१ पुस २०७८, १२ : ०७
नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार ६०० मत गन्दा गगन थापाले सर्वाधिक ३८९ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले २२९ मत ल्याएका छन् भने प्रदिप पौडेलले २०७ मत प्राप्त गरेका छन् । मतगणनामा गगन–विश्वप्रकाशले अग्रता बनाएका हुन् ।
यस्तै प्रकाशशरण महतले १९३ र मीनेन्द्र रिजालले १०७ मत पाएका छन् । यस्तै राजाराम कार्कीले १८ मत ल्याएका छन् । काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदा एक मतदाताले २ जनालाई भोट हाल्न पाउँछन् । अर्थात एक मतपत्रमा दुई जनालाई भोट हाल्न पाइन्छ ।